नीतालाई दर्शकले भने- ‘लुकेको प्रतिभा’



अभिनेत्री नीता ढुंगाना चलचित्रमा जुनसुकै भूमिकामा जीवन्त गर्न सिपालु मानिन्छन् । आफ्नो अभिनय कलाबाट दर्शकको विश्वास जित्न सफल उनले गायनमा पनि हात अगाडि बढाएकी छन् । उनले गणेश भजन ‘वक्रतुण्ड महाकाय सूर्यकोटि…’ मा आफ्नो आवाज भरेकी छन्, जुन गएको दुई दिन अगाडि (गणेश चतुर्थीको दिन) युट्युबमा सार्वजनिक भइसकेको छ ।

रामजी लामिछानेको निर्देशन, सञ्जय लामाको छायांकन र बनिश शाहको सम्पादन रहेको भिडियोमा नीता स्वयं फिचर्ड छिन् । भिडियोलाई उनी आफैंले निर्माण गरेकी हुन् । महंगो सेट लगाएर खिचिएको गणेश भजनको भिडियोलाई यूट्युबमा दर्शकहरुले निकै मन पराएका छन् । नीताको आवाज राम्रो रहेको भन्दै भोलीका दिनमा अरु गीत गाउन पनि दर्शकहरुले आग्रह गरेका छन् ।

यो समाचार तयार पार्दासम्म गणेश भजनलाई १ लाख ९३ हजारभन्दा बढी भ्यूज र ८ सयभन्दा बढी कमेन्ट प्राप्त भइसकेको छ । कमेन्ट बक्स निहाल्ने हो भने अधिकांशले नीताको गायन कलाको तारिफ गरेका छन् । केहीले उनलाई लुकेको प्रतिभा भनेका छन् । भने, केहीले मधुर स्वरकी धनी भन्दै प्रशंसाको पुल बाँधेका छन् । आफ्नो गायनलाई दर्शकले रुचाएकोमा नीता खुसी छिन् ।

लकडाउनको समयमा गणेश भजन रेकर्ड गराउने सोच पलाएको बताउने उनी कोरोनाको महामारी अन्त्य भएपछि एक लभस्टोरी चलचित्र निर्माण गर्दैछिन् । चलचित्रमा उनको जोडी अभिनेता कोशिश क्षेत्रीसँग बाँधिदैछ । युवा ज्योतिष हरिहर अधिकारीसँगको संगतका कारण उनले गणेश भजन रेकर्ड गराएको चर्चा यतिबेला चलचित्र क्षेत्रमा चलिरहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu