एलिसाले चोरिन् विजुको दिल (भिडियो)



गायक सुदन गैरे र गायिका मेलिना राईको आवाजमा रहेको ‘उडी जाने जेट’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द तथा सुवास भुषालको संगीत रहेको यो गीतलाई डान्सिङ शैलीमा तयार पारिएको छ ।

गीतको भिडियोमा एलिसा शर्मा र विजु पार्कीले नृत्य गरेका छन् । भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी, अनिल के मानन्धरको छायांकन, प्रविन भट्टको सम्पादन छ । गीतको अडियो र भिडियो दुवै राम्रो बनेको छ ।

नेपाल, अष्ट्रेलिया र अमेरिकामा छायांकन गरिएको भिडियोलाई गणेश शाहीको निर्देशन गरेका हुन् । उनी एक कुशल गीतकार पनि हुन् । चलचित्र ‘प्रसाद’ को ‘लै लै’ बोलको गीत उनी आफैंले लेखेका थिए । त्यस्तै, गायक गैरेले यसअघि ‘सानी’ नामक गीत सार्वजनिक गरेका थिए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu