प्रियंकासँग रोमान्टिक बने गौतम (भिडियो)



गौतम खाती र प्रियंका कार्की अभिनीत रोमान्टिक म्युजिक भिडियो ‘कोरेको छु तिम्रो तस्वीर’ सार्वजनिक भएको छ । भर्खरै विवाह भएर नयाँ जोडीको रुपमा एड्भेन्चर स्टार गौतम खाती र नायिका प्रियंका कार्कीलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

नयाँ दुल्हा दुलहीको वैवाहिक सम्बन्ध, प्रेम सम्बन्ध कसरी सुमधुर बन्दै जान्छ भन्ने कुरालाई भिडियोमा देखाउन खोजिएको छ । साइब्रत आचार्यले सहायक निर्देशन गरेको म्युजिक भिडियोको निर्देशन निर्देशक सुब्रत राज आचार्यले गरेका हुन ।

भिडियोमा गौतम खाती र नायिका प्रियंका कार्कीको रोमान्टिक सिक्वेन्सहरुलाई निकै आकर्षक ढ्ंगले प्रस्तुत गरिएको छ । काठमाण्डौको बुढानिलकण्ठ क्षेत्रमा शुटिङ सम्पन्न भएको भिडियोमा उत्सव दाहालको छांयाकन रहेको छ भने बिष्णु खडकाको सम्पादन रहेको छ ।

भिडियोमा सुगम भुजेलको कोरियोग्राफी रहेको छ भने भिडियोका प्रोडक्सन म्यानेजर दिपेन गौतम हुन । नेपाल आईडल सिजन वान मार्फत चर्चा कमाएका गायक प्रताप दास र अनु चौधरीको आवाज रहेको गीतमा निरा खातीको शब्द रचना रहेको छ । डि बि लामाको संगीत रहेको गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu