लघु चलचित्र ‘डार्क मून’ सार्वजनिक



संचारकर्मी राजमी ज्ञवालीको निर्देशनमा बनेको नेपाली लघु चलचित्र ‘डार्क मून’ सार्वजनिक भएको छ । इन्टरनेटमा सार्वजनिक चलचित्रले एउटी आमाले सन्तानप्रतिको दायित्व बिर्सदा सन्तानमा पर्ने असरलाई मूख्य रुपमा उठान गरिएको छ ।

यस चलचित्रमा चलचित्र सम्पादक समेत रहेका साहिल खान, डेन्टिष्ट समेत रहेकी सूर्या थापा तथा बाल कलाकार क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन् । साथमा तनुजा कार्की, निशाव लम्साल, यूमी बरालको अभिनय रहेको छ ।

‘डार्क मुन’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । भारद्वाज नेपाली चलचित्रका डिमाण्डेड लेखक हुन् । कृष्मा गौतम र सारा भूर्तेलले निर्माण गरेको यो चलचित्रलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । चलचित्रमा सुदीप बरालको डिओपी, एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, बिशाल निरौलाको गायन तथा संगीत र साहिल खानको सम्पादन छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu