जनवरीमा सन्तान जन्माउँदै अनुष्का, विराटले शेयर गरे तस्वीर



बलीउड अभिनेत्री अनुष्का शर्मा र सुपरस्टार भारतिय क्रिकेटर विराट कोहली आफुहरु सन्तानको अविभावक बन्न लागेको सार्वजनिक गरेका छन् । शोसल मिडियामा एक फोटो सार्वजनिक गर्दै विराट-अनुष्काले सन् २०२१ को जनवरीमा उनिहरुको घरमा नयाँ पाहुना आउन लागेको बताएका छन् । फोटोमा अनुष्का ‘बेबी बम्प’को साथ देखिएकी छन् ।

विराट कोहली र अनुष्का शर्मालाई भारतको ‘पावर कपल’को रुपमा हेर्ने गरिन्छ । यि दुवै स्टारले आ-आफ्नो क्षेत्रमा शानदार काम गरेका छन् । अनुष्का र विराट बीच ‘स्ट्रंग बोण्डिंग’ छ । अनुष्का भन्छिन् कि विराट खेल मैदानमा जति रिसाहा देखिन्छन्, घरमा उनि निकै शान्त हुन्छन् । विराटले पनि अक्सर भन्ने गर्छन् कि अनुष्का आफ्नो जीवनमा आएदेखि निकै सकारात्मक परिवर्तन आएको छ ।

अनुष्का शर्मा र विराट कोहली एक श्याम्पूको विज्ञापनको शूटिंगको समयमा पहिलो पटक भेटेका थिए । यस विज्ञापनमा सँगै काम गरेपछि दुई बीच गहिरो दोस्ती भयो । सन् २०१७ मा यि दुईले इटलीमा पुगेर बिवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu