गरिमासँग रोमान्टिक पुष्प (भिडियो)



गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको संयुक्त आवाज रहेको ‘भुर भुर पुतली’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ को संगीत रहेको गीतमा नवराज कलौनी र राजेन्द्र भट्टको शब्द सिर्जना रहेको छ । गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।

विधान कार्कीको निर्देशन रहेको भिडियोमा विकाश दाहालको सम्पादन छ । प्रेम भाव व्यक्त गर्ने गीतको भिडियोमा अभिनेता पुष्प खड्का र टिकटक स्टार गरिमा शर्माले अभिनय गरेका छन् । भिडियोमा उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । उत्सव दाहालले भिडियोको छायांकन गरेका हुन् ।

भिडियोमा किसन रेग्मीको लगानी छ । यो गीतले यूवा–यूवतीको प्रेमलाई व्यक्त गर्न खोजेको छ । निर्देशक विधान कार्कीले यो भिडियोलाई रोमान्टिक र कलरफूल बनाएका छन् । उनी पछिल्लो समयमा म्यूजिक भिडियो निर्देशनमा व्यस्त छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu