नरेन्द्रको नयाँ गीत ‘निरमाया’ सार्वजनिक (भिडियो)



काठमाण्डौ। गायक नरेन्द्र बल्लभ पन्तको नयाँ गीत ‘निरमाया (मरेँ नि)’को भिडियो सार्वजनिक भएको छ । नरेन्द्रको स्वरमा रहेको यस गीतमा सुनिल संगमको शब्द रचना रहेको छ भने जुगल डंगोलको संगीत रहेको छ ।

नरेन्द्रले आठ बर्ष अगाडी आफ्नो पहिलो म्यूजिक एल्बम ‘अर्बान मुड्स’ बजारमा ल्याएका थिए । त्यसपछि व्यवसायमा व्यस्त रहेको कारण उनले सांगीतिक करियरलाई अगाडी बढाएनन् । सोहि एल्बमको एक गीत ‘निरमाया (मरेँ नि)’ अहिले पुन: रेकर्डिंग गरी भिडियोसहित सार्वजनिक गरिएको हो । यो गीतमा लोक र रक गीतको फ्यूजन पाईन्छ ।

सुब्रत राज आचार्यको निर्देशनमा बनेको यस गीतको भिडियोमा विजु पार्की र श्रृजना जिसीको अभिनय रहेको छ । शुभम भुजेलको कोरियोग्राफी रहेको छ । मोडल पार्की भारतिय चर्चित कोरियोग्राफर टेरेन्स लुइसका सहायक हुन् भने कोरियोग्राफर भुजेल ‘बुगी उगी’को टप फाइभ पार्टिसिपेन्ट हुन् । भिडियोमा नवराज उप्रेतीको छायांकन र नविन निरौलाको सम्पादन रहेको छ ।

सफल यूवा व्यवसायि समेत रहेका नरेन्द्रको यो गीतमा आफुलाई मन परेकी यूवतीको तारिफ गरिएको छ । व्यवसायमा माईक्रो फाईनान्सबाट करियर शुरु गरेका गायक पन्त हाल हाईड्रोपावर, रियल स्टेट, कन्ट्रक्सन, पानी तथा इनभेष्टमेन्ट कम्पनी लगायतमा आवद्द छन् । उनि अब भने संगीतमा पनि धेरै समय खर्चिने योजनामा छन् । यसलगत्तै पन्तले संगीतकार शंकर थापा ‘स्माईल’को संगीतमा नयाँ गीत रेकर्ड गर्दैछन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu