राजेशको स्वरमा ‘खै के भयो’ सार्वजनिक (भिडियो)



चर्चित गायक राजेश पायल राईको आवाजमा रहेको ‘खै के भयो’ बोलको गीत सार्वजनिक भएको छ । रमेश मगरको शब्द तथा संगीतमा तयार भएको गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन् । भिडियोमा चर्चित प्रांकस्टार एलिस राई, नग्मा श्रेष्ठ र निनाहाङ राईको अभिनय छ ।

भिडियोलाई धन खालिङ र श्री थापाले खिचेका हुन् भने धन खालिङले सम्पादन गरेका हुन् । आफूले मन पराएको सबै कुरा पाउन सकिन्न भन्ने सन्देश दिन खोजिएको यस भिडियोलाई किशन भुषालले कोरियोग्राफि गरेका हुन् । भिडियोलाई गायक तथा संगीतकार सन्तोष डुमीले निर्देशन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu