एलिसासँग नाचेर पुरस्कार जित्नुहोस्



नृत्य विधामा विषेश दख्खल भएकी अभिनेत्री तथा मोडल एलिसा शर्मा एजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिएकी छन् । यूवा-यूवतीको नृत्य क्षमतालाई सामाजिक सञ्जालमार्फत् उजागर पार्न माइग्रेसन कर्नरले अलिसासँगको सहकार्यमा ‘इएमसी टिकटक डान्स डुयट च्यालेन्ज विथ एलिसा’ प्रतियोगिता घोषणा गरेको छ ।

यूवा-यूवतीहरुले यो प्रतिस्पर्धालाई आफ्नो क्षमता र दक्षता प्रस्तुत गर्न पाउने अवसरको रूपमा लिनेमा माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले विश्वस्त देखिएका छन् । यस प्रतिस्पर्धामा पहिले एलिसाले एउटा सजिलो नृत्य गरेर ह्यासट्याग एजुकेसन एण्ड माइग्रेसन कर्नर ह्यासट्याग इएमसी डुयट च्यालेन्ज लेखेर टिकटकमा पोस्ट गर्नेछिन् । प्रतियोगिले त्यही ह्यासट्याग प्रयोग गरी अलिसासँग डुयट गर्नुपर्ने छ ।

डुयट भिडियोमा धेरै हटको साइन पाउनेले च्यालेन्ज जित्ने जानकारी प्राप्त छ । यो प्रतियोगितामा दुईवटा ह्यासट्याक अनिवार्य प्रयोग गर्नुपर्ने छ र यो नियम पूरा नगर्नेले प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने छैनन् । यो प्रतियोगितामा सन् २०२० सेप्टेम्बर ७ देखी २०२० अक्टोबर ६ सम्ममात्र सहभागिता जनाउनु पर्नेछ ।

प्रतियोगिता जित्नेले २५ हजार नेपाली रुपैयाँ र ३ सय अष्ट्रेलियन डलर पुरस्कार स्वरूप प्राप्त गर्ने छन् । यो प्रतियोगितामा नेपाल र अष्ट्रेलियामा रहने यूवा यूवतीले सहभागिता जनाउन सक्नेछन् । च्यालेन्जको रोमान्चक कुरा के छ भने विजेताले एलिसासँग रियल टिकटक भिडियो पनि बनाउन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu