‘आटो पिठो’ मा पल र एलिजाको रोमान्स (भिडियो)



गायक निशान भट्टराई र गायिका सोनिका लामाको स्वरमा रहेको ‘आटो पिठो’ बोलको गीत सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् । सार्वजनिक भिडियोमा अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतम प्रस्तुत छन् ।

गीतले आफ्नै देशमा बसेर आटो पिठो खाएर भए पनि परिवारलाई स्वर्ग बनाउने सन्देश दिएको छ । टेकेन्द्र शाहको निर्देशन र सम्पादनमा तयार भएको भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ । भिडियोलाई रामकुमार केसीले छायांकन गरेको हुन् ।

यो पल र एलिजा अभिनीत यो पहिलो म्यूजिक भिडियो हो । ‘आटो पिठो’ गीतलाई दर्शकहरुले यूट्युबमा निकै मन पराएका छन् । यो समाचार तयार पार्दासम्म गीतलाई साढे ७ लाखभन्दा बढी भ्यूज प्राप्त भइसकेको छ । लकडाउनकै अवधिमा एलिजाको ‘आधी कपाल’ र ‘म सास बन्न पाए’ गीत पनि सार्वजनिक भइसकेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu