‘सुकुटी’ मा साराको छमछमी (भिडियो)



अभिनेत्री सारा सिर्पालीले अभिनय गरेको ‘सुकुटी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बिहीवार यूट्युबमा रिलिज गरिएको गीतमा सारासँगै सुमन बस्नेत र वसन्त अधिकारी फिचर्ड छन् । भव्य सेट लगाएर छायांकन गरिएको भिडियोमा चितवनको थारु समुदायको सांस्कृतिक बिम्ब झल्काउन खोजिएको छ ।

सार्वजनिक डान्सिङ नम्बरमा स्वर प्रमोद खरेल र सृष्टि हिङमाङको छ भने संगीत गौरव दर्पणले भरेका छन् । एरेञ्जको काम नोर्वु शेर्पाले गरेका छन् । भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन् भने छायांकन संकल भुजेलको छ । बनिश शाहले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी आर्जु बैजुको छ । सुवास बस्नेत भिडियोको निर्माता हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu