पीडित भिनाजुको नजर लागेकी स्वस्तिमा



काठमाण्डौ। नाजिर हुसेन आफु दुब्लो पातलो छन् । उनले आफुभन्दा मोटी रियाशासँग बिहे गरेका छन् । नाजिरले घर बाहिरको काम गर्ने नाटक गर्छन् तर घर भित्र भाँडा समेत उनैले माझ्ने गर्छन् । उनको श्रीमती निकै कडा रुपमा प्रस्तुत हुने गर्छिन् । घरको खाना खायो भने भाँडा माझ्नुपर्ने भनेर नाजिरले खान खोज्दैनन् तर रियाशालाई भने नाजिरले जति खाएपनि नमोटाएको पिर छ ।

Najir Hussain & Riyasha Dahal

रियाशाकी बहिनी अर्थात नाजिरकी साली हुन् ‘मुना’ अर्थात स्वस्तिमा खड्का । नाजिरको ध्यान सालीतर्फ हुन्छ । आफु घरमा पीडित भएको तर साली मन पराएका नाजिरले जस्तोसुकै भएपनि साली मन पराउँछन् । यो कुरा रियाशाले थाहा पाएकी हुन्छिन् ।

Najir Hussain & Swastima Khadka

यो कथा हो हालै रिलीज भएको एक नेपाली गीत ‘मुना’को । माथी उल्लेखित कथा बाहेक बाँकी भिडियोमा नै हेर्नुहोला । यो गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । गीतमा राज खम्बु, सुजाता वर्मा र मि. आरजेको स्वर रहेको छ । नवराज कलाउनीको शब्द रहेको गीतमा मि. आरजेको संगीत छ । अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

हेर्नहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu