कंगनालाई ‘वाई श्रेणी’ को सुरक्षा



महाराष्ट्र सरकार तथा सरकारको नेतृत्व गरिरहेको शिवसेनालाई चुनौती दिएकी बलिउड अभिनेत्री कंगना रनौतलाई भारतको केन्द्रीय गृह मन्त्रालयले ‘वाई श्रेणी’ को सुरक्षा उपलब्ध गराउने भएको छ । शिवसेनाले रनौतलाई मुम्बई नआउन तथा आएमा आफ्नो महिला समुहले कारवाही गर्ने धम्की दिएको थियो ।

कंगनाले पनि शिवसेनाका नेता सञ्जय राउतलाई आफू मुम्बई आउने र कसैले रोक्न सके रोकेर देखाउन चेतावनी दिएकी थिइन् । रनौत र महाराष्ट्र सरकारबीच कडा वादप्रतिवादकै बीच केन्द्रीय गृह मन्त्रालयले रनौतलाई ‘वाई श्रेणी’ को सुरक्षा उपलब्ध गराउने घोषणा गरेको हो ।

‘वाई श्रेणी’ अन्तर्गत २ कमाण्डोसहित ११ जना सुरक्षाकर्मी कंगनाको सुरक्षामा खटिने छन् । केन्द्रीय गृह मन्त्रालयले सुरक्षा दिने जानकारी दिएसँगै रनौतले केन्द्रीय गृहमन्त्री अमित शाहलाई धन्यवाद दिएकी छिन् । रनौतले यही ९ सेप्टेम्बरमा हिमाञ्चलबाट महाराष्ट्र जाने घोषणा गरेकी छन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्य प्रकरणको छानविनमा राम्रो काम नगरेको भन्दै रनौतले केही हप्ताअघि मुम्बई प्रहरीको आलोचना गरेकी थिइन् । यसपछि मुम्बईका गृहमन्त्री अनिल देशमुख र शिवसेनाका नेता सञ्जय राउतले क‌ंगनाको आलोचना गर्दै उनलाई मुम्बई नआउन र मुम्बई छोडेर जान चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu