सुशान्तकी प्रेमिका रिया पक्राउ



बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई एनसिबीले मंगलवार पक्राउ गरेको छ । उनी दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका हुन् । उनीमाथि ड्रग्स प्रयोग गरेकोसहित विभिन्न गम्भीर आरोप लागेको थियो, जसको विषयमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनीसँग निरन्तर सोधपुछ गरेको थियो । उनलाई पक्राउ गरेपछि मेडिकल टेस्ट र कोरोना टेस्ट गरिएको छ ।

रिया मंगलवार बयानका लागि एनसिबीमा पुगेकी थिइन् । उनी पुगेको केही घन्टापछि उनको गाडी फिर्ता गरिएको थियो । ३ घण्टा सोधपुछपछि उनलाई एनसिबीले पक्राउ गरेको हो । ड्रग प्याडलिङ मुद्धामा उनी पक्राउ परेकी हुन् । सुशान्त सिंह राजपूतलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनका प्रशंसक रियाको पक्राउको लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए ।

पहिला रियालाई सीबीआईले पक्राउ गर्ने धेरैको आँकलन थियो । तर, यो मुद्धामा ड्रग्स जोडिएपछि एनसिबीको प्रवेश भएको थियो । ड्रग्स खरिद गरेको मामलामा यसअघि रियाका भाई शोभिक चक्रवर्तीलाई पक्राउ गरिएको थियो । अब ड्रग्स मामलामा रिया पनि पक्राउ परेकी छन् । उनले विभिन्न अन्तर्वार्तामा आफूले ड्रग्स लिने गरेको कुरामा सत्यता नभएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu