काकुले गरे टिकटकमा फलो गर्न आग्रह (भिडियो)



सामाजिक सञ्जाल टिकटकमा सक्रिय र राम्रो फलोअर्स कमाएका शृजन भट्टराई (काकु), पुरुषोत्तम सिग्देल, अश्मिता दाहाल, सुमन भट्टराई, रोजी आचार्य, सविन श्रेष्ठ (ड्यामेज), सुष्मा सुवेदीलगायतको अभिनय रहेको भिडियो ‘टिकटकमा हेरेर फलो गरन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा अभनिस भट्टराई र नेहा शर्माको स्वर छ । अभनिस भट्टराईको यो दोश्रो गीत हो । सार्वजनिक गीतमा सोहन मानन्धरको शब्द तथा संगीत रहेको छ । सेलिब्रेटी नेपाल प्रोडक्सनका रघुनाथ सापकोटाले यो भिडियो निर्माण गरेका हुन् ।

भिडियोलाई सन्तोष राज वाहकले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् । विकाश ज्ञवालीले सम्पादन तथा कलर करेक्सन गरेको भिडियो काकु इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu