गौरव र मेनुका भन्दैछन्, ‘गाउँ घरै रमाइलो’ (भिडियो)



गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँ घरै रमाइलो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियो ‘सुन साइँली’ बाट निकै चर्चामा आएका जोडी हुन् गौरव र मेनुका । गौरव र मेनुका फरक र जीवन्त अभिनय गर्ने कलाकार हुन् । गीतमा गौरव र मेनुकाले प्रेमिल जोडीको भूमिका निभाएका छन् ।

साजन राईको आवाज रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ । यस गीतमा गौरव र मेनुकाले गाउँघरमा आफ्नै दुःख गरेर जीविकोपार्जन गर्ने प्रेमिल जोडीको भूमिका निभाएका छन् ।

गीत रमेश कार्कीले लेखेका हुन् भने संगीत गायक राईकै रहेको छ । सन्जीव बराइलीले एरेन्ज गरेको गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् । भिडियोलाई किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेले निर्देशन गरेका हुन् । भुपेन्द्र स्वयंले खिचेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu