म दैनिक गहुँत पिउँछु : अक्षय कुमार



बलिउड अभिनेता अक्षय कुमारले स्वस्थ जीवनका लागि आफूले सधैं गहुँत पिउने गरेको खुलासा गरेका छन् । ‘इन टु द वाइल्ड’ का प्रस्तोता बेयर ग्रिल्ससँग एक इन्स्टाग्राम लाइभ सेसनमा सहभागिता जनाउँदै अक्षयले उक्त कुराको खुलासा गरेका हुन् ।

गहुँत सेवनलाई जीवनशैली बनाउनुको पछाडि आयुर्वेदिक कारण रहेको उनको भनाई छ । तपाईंले यो कसरी गर्न सक्नुभयो ? भन्ने बेयरको प्रश्नमा अक्षयले भने- ‘आयुर्वेदिक कारणले म दैनिक गहुँत पिउँछु, त्यसैले यो मेरो लागि रत्तिभर पनि कठिन थिएन ।’

अक्षयले दैनिक गहुँत पिउने गरेको बताएपछि आश्चर्य जनाउँदै कार्यक्रम प्रस्तोता बेयरले भने- ‘मेरो कार्यक्रममा आउने थुप्रै पाहुनाले यस्तो गर्न सक्दैनन् । जब मानिसहरु चर्चित हुन्छन् तब उनी आफ्नो कम्फर्ट जोनबाट बाहिरको काम गर्न बन्द गर्छन् किनभने उनीहरु कमजोर देखिन डराउँछन् तर अक्षय कुनै पनि कुराका लागि तयार थिए । ’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu