राजनराज र मिलनको ‘उकुस मुकुस’ सार्वजनिक (भिडियो)



राजनराज सिवाकोटी र मिलन नेवारको आवाजमा रहेको नयाँ गीत उकुस मुकुस सार्वजनिक भएको छ । देविथान म्युजिक युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा राजनराजको नै शब्द तथा संगीत रहेको छ ।

मिलनको आफ्नै च्यानललाई देविथान म्युजिक नामकरण गरेर गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई निर्माण टिमले केही फरक हिसाबले प्रस्तुत गर्ने कोशिश गरेको छ । राजेश राईले निर्देशन गरेको भिडियोलाई उत्सव दहालले खिचेका छन् ।

व्यक्तिगतभन्दा पनि समुहमा रहेर काम गर्दै नेपाली गीतसंगीतलाई केही योगदान दिन आफू नयाँ सुरुवात गर्न लागेको मिलनले बताएकी छन् । त्यस्तै, राजन र मिलनको आवाजमा रहेको ‘तिमी उता म यता’ बोलको गीत १ मिलियन पटक हेरिएको छ । यसको खुशी पनि निर्माण टिमले साटेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu