‘पठान’ मा भिड्दैछन् शाहरुख र जोन



चलचित्र ‘जिरो’ को असफलताले निराश भएका बलिउड सुपरस्टार शाहरुख खानको नयाँ चलचित्र ‘पठान’ अहिले निकै चर्चामा छ । यशराज फिल्म्स स्टूडियो ५० वर्ष पुगेको अवसरमा यो चलचित्रको घोषणा गर्ने तयारी भइरहेको छ । पहिला यो चलचित्रमा शाहरुख खानको नाम मात्र बाहिर आएको थियो । अब यो एक्सन चलचित्रमा अभिनेता जोन अब्राहमको पनि अभिनय रहने भएको छ ।

यो चलचित्रको सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् । उनले पछिल्लो पटक चलचित्र ‘वार’ निर्देशन गरेका थिए । केही दिनयता ‘पठान’ मा शाहरुख खान र दीपिका पादुकोणले फेरि एकसाथ काम गर्न लागेको चर्चा छ । तर, अहिलेसम्म दीपिकाले भने चलचित्र साइन नगरेको भारतीय मिडियाले बताएका छन् । यद्यपि, उनी चलचित्रको स्क्रिप्ट र आफ्नो भूमिकालाई लिएर सकारात्मक छिन् ।

यशराज फिल्म्स अहिले चलचित्रको प्रि-प्रोडक्सनको काममा व्यस्त छ । शाहरुख खानले अर्को वर्षको जनवरीबाट चलचित्रको छायांकन सुरु गर्नेछन् । त्यस्तै, जोन अब्राहमले पहिला आफ्नो नयाँ चलचित्र ‘सत्यमेव जयते २’ को छायांकन पूरा गर्नेछन् र मार्चबाट ‘पठान’ का लागि समय निकाल्नेछन् । शाहरुख र जोनले पहिलो पटक चलचित्रमा काम गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu