प्राविधिकलाई नन्दिताको नेतृत्वमा राहत वितरण



अमेरिका बस्न थालेपछि अभिनयबाट दूरी बनाएकी अभिनेत्री नन्दिता केसीको नेतृत्वमा तीस जना प्राविधिकलाई राहत वितरण गरिएको छ । कोरोनाका कारण रोजीरोटी गुमेपछि दैनिक गुजरा चलाउन समस्या भएका प्राविधिकलाई पन्ध्र सय नगदसहित एक बोेरा चामल, तीन लिटर तेल, २ किलो चना, २ किलो चिउरा, २ किलो सोयाबिन र आधा दर्जन सावुन हस्तान्तरण गरिएको हो ।

नन्दिताले अमेरिकामा बस्ने चलचित्रकर्मी तथा विभिन्न व्यक्तिहरुबाट संकलित रकमबाट चलचित्र प्राविधिकलाई राहत वितरण गरेकी हुन् । नन्दिताकी बहिनी सजना केसी र दाई मोहन विक्रम केसीले सोमवार प्राविधिकलाई राहत वितरण गरेका हुन् । यस्तै, कीर्तिपूरमा रहेको बेबी लाइफ होममा आश्रित एचआइभी संक्रमित बालबालिकाका लागि रासन पनि वितरण गरिएको छ ।

अभिनेत्री नन्दिता केसीले बाइक दुर्घटनामा परेर घाइते भएका कलाकार सन्नी रसाईलीलाई पन्ध्र हजार सहयोग पनि गरेकी छिन् । चलचित्र प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले कोरोनाका कारण कामविहीन भएपछि जीवनयापनमा समस्या भएका फिल्म प्राविधिकलाई आर्थिक र खाद्यन्न सहयोग गरेकोमा नन्दितासहित अमेरिकामा बस्ने चलचित्रकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu