मदनकृष्ण लेख्छन्, ‘कुलमानलाई नदोहोर्‍याए जनताले जिन्दगीभर चित्त दुखाउनेछन्’



‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् दैनिक १८ घण्टासम्मको लोडसेडिङ हट्यो । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा यो सम्भव भएको हो ।

कुलमान आउनुभन्दा अगाडि प्राधिकरण अर्बौं घाटामा थियो । उनको चार वर्षे कार्यकालमा प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बनेको छ । तर, सोमवारबाट उनको कार्यकाल सकिएको छ । जनस्तरबाट भने उनलाई पुनः नियुत्तिको आवाज उठिरहेको छ । नेपाली कलाकारहरुले पनि उनलाई प्राधिकरणमा दोहोर्‍याउन सरकारलाई दबाब दिइरहेका छन् ।

Madan Krishna Shrestha

कुलमानलाई पुनः नियुत्तिको माग गर्दै विभिन्न कलाकारले हरेक साँझ आठ बजेपछि ५ मिनेट बत्ति निभाएर सरकारलाई दबाब दिन आग्रह गरेका छन् । हास्यकलाकार मदनकृष्ण श्रेष्ठले भने कुलमान घिसिङलाई प्राधिकरणमा नदोहोर्‍याए जनताले जिन्दगीभर चित्त दुखाउने बताएका छन् । उनले कुलमानले कुनै एउटा जिल्लाबाट चुनाव लडे आँखा चिम्लेर जित्न पनि दाबी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘एउटा जिल्लाको मत प्राप्त गरेपछि कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ । तर मेचीदेखि महाकाली, हिमालदेखि तराई सतहत्तरै जिल्लाका साढे ३ करोड जनताका आत्मादेखि रुचाइएको एउटा नाम हो, कुलमान घिसिङ ।’ जनादेशलाई सम्मान गरेर जनताको मन जित्न उनले सरकारलाई सुझाव पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu