ध्रुवको ‘शून्य’ मा प्रवासीको पीडा (भिडियो)



प्रवासमा रहेर पनि नेपाली कलाकारिता क्षेत्रलाई निरन्तरता दिँदै आएका अभिनेता हुन्, ध्रुव दत्त । बेलायतमा बस्दै आएका उनको एकल अभिनय रहेको सर्ट मुभी सार्वजनिक भएको छ । निर्देशक सनम वैरागको निर्देशनमा निर्माण भएको ‘शून्य’ सोमबार बिहान युट्युबमार्फत रिलिज गरिएको हो ।

करिब १० मिनेट लामो ‘शून्य’ मा अभिनेता दत्तको एकल अभिनय छ । कोभिड १९ महामारीले निम्त्याएको संकटपूर्ण अवस्थालाई यो छोटो चलचित्रले निकै मार्मिक र भावनात्मक रूपले चित्रण गरेको छ । यो चलचित्र कोभिड १९ कै वरिपरि घटेको छ ।

प्रवासी जीवन विताउँदा आफ्नो जन्मभूमि फर्कन नसक्दा मनमा परेको बेदना र पीडालाई ‘शून्य’ ले गहिराइसम्म पुगेर चरितार्थ गरेको निर्देशक वैराग बताउँछन् । देश बाहिर बस्नेहरुले आफन्त गुमाउनु पर्दाको पीडा चलचित्रले देखाउन खोजेको उनको भनाई छ ।

कृष्णबहादुर लाम्गादेको निर्माण रहेको यो चलचित्रमा गोपी सापकोटाको कथा र शन्तकुमार राईको छायांकन छ । यो लघु चलचित्रको सबटाईटल ज्ञानेन्द्र रावतले गरेका छन् भने स्वरांकन शशी थापा सुब्बा, सुस्मिता थापा, अभिमन्यू बैराग र सनम बैरागले गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu