स्लिम वर्षा



विगत ६ महिनादेखि चलचित्र निर्माण र प्रदर्शन ठप्प हुँदा कलाकारहरु फुर्सदिला भएका छन् । यो समयमा कति कलाकार मिडियामा बोल्ने क्रममा संयमित नहुँदा विवादमा फसे । सीमाको विषयमा आफ्नो भनाई राख्ने क्रममा भारतीय दर्शकको चिन्ता गरेपछि अभिनेत्री वर्षा राउत पनि विवादित बनिन् । उनलाई देश छाड्न समेत माग उठ्यो । जसका कारण उनी लामो समय मानसिक तनावबाट गुज्रिइन् ।

श्रीमान र परिवारको साथ र हौसलाले त्यो पीडा भुल्दै गएकी वर्षा अहिले आफ्नो शरीरलाई स्लिम बनाउन मिहेनत गरिरहेकी छन् । खानाकी सौखिन उनले फिटनेश कायम गर्न नसकेको भन्दै वर्षौंदेखि आलोचना हुँदै आएको छ । दुई चरणको बन्दाबन्दीमा भने उनले जिमखाना धाएरै आफ्नो शरीर स्लिम बनाएकी छन्, जुन उनले सामाजिक सञ्जालमा पोस्ट्याएका तस्विरले बयान गर्छ ।

बुझिए अनुसार, अहिले वर्षाले २ घन्टा वर्कआउट गर्ने गरेकी छन् र खानामा पनि कन्ट्रोल गरेकी छन् । सोलो अभिनेत्रीको रुपमा रहेका तीन चलचित्र ‘चौका दाउ’, ‘गोपी’ र ‘मेरो पैसा खोइ ?’ को असफलतापछि करिअरलाई लिएर चिन्तित भएकी उनी चलचित्र ‘जात्रै जात्रा’ ले सफलताबाट खुसी छिन् । कोरोना महामारीपछि उनी ‘दुई नम्बरी’, ‘के घर के डेरा’ र ‘नाईं नभन्नू ल ६’ मा व्यस्त हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu