अर्बौंका मालिक हुन् विवेक ओबेरोय



बलिउड अभिनेता विवेक ओबेरोय अभिनयमा उम्दा मान्छिन् । उनले आफ्नो करियरमा धेरै उतार-चढाव देखेका छन् । उनका बुबा सुरेश ओबेरोय बलिउडका प्रसिद्ध अभिनेता हुन् । विवेकले सन् २००२ मा राम गोपाल वर्माको चलचित्र ‘कम्पनी’ बाट बलिउड डेब्यू गरेका हुन् । यो चलचित्रका लागि उनले सर्वश्रेष्ठ डेब्यू र सर्वश्रेष्ठ सहायक अभिनेताको फिल्मफेयर अवार्ड पाएका थिए ।

विवेकले ‘रोड, दम, साथिया, मस्ती, युवा, ‘ओमकारा’, नक्शा, शूटआउट एट लोखन्डवाला, मिशन इस्तानबुल , रक्त चरित्र, कृष ३ ,ग्रेट ग्रान्ड मस्ती, पीएम नरेन्द्र मोदी र रुस्तम’ चलचित्रमा दमदार अभिनय गरेका छन् । अभिनयसँगै विवेकको आफ्नै प्रोडक्शन हाउस पनि छ । उनको प्रोडक्शन हाउसको नाम ‘ओबेरोय मेगा इन्टरटेन्मेन्ट’ हो ।

विवेकको कर्मा इन्फ्रास्ट्रक्चर प्राइभेट लिमिटेड नामको कम्पनी पनि छ । उनको कुल सम्पत्ति १५ मिलियन अमेरिकी डलर रहेको भारतीय मिडियमा उल्लेख छ । अर्थात्, उनको कूल सम्पति १ अर्ब ७५ करोड नेपाली रुपैयाँभन्दा बढी छ। उनले एक चलचित्रको लागि करिब ४ देखि ५ करोड भारतीय रुपैयाँ बुझ्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu