चलचित्र विकास बोर्डद्वारा छात्रवृत्तिका लागि आवेदन माग



नेपाली चलचित्र क्षेत्रको अग्रणी संस्था चलचित्र विकास बोर्डले छात्रवृत्तिको लागि आवेदन माग गरेको छ । यही असोज १४ गतेभित्र चलचित्र सम्बन्धि अध्ययन गरिरहेका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने बोर्डले जानकारी दिएको छ । बोर्डको कार्यालय वा [email protected] इमेलमार्फत् इच्छुक विद्यार्थीले अनलाइन आवेदन भर्न सक्नेछन् ।

चलचित्र विकास बोर्डले २ जनालाई विद्यावारिधि शोधवृत्ति, २ जनालाई दर्शनाचार्य शोधवृत्ति, ४ जनालाई स्नातकोत्तर छात्रवृत्ति, १० जना (खुल्ला ५ र आरक्षण ५) लाई स्नातक छात्रवृत्ति र लघु पाठ्यक्रम अध्ययनरत २ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो । नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रलगायतका कागजातको प्रतिलिपिसहित आवेदन भर्नुपर्ने बताइएको छ ।

छात्रवृत्तिले चलचित्र सम्बन्धि अध्ययन गरिरहेका विद्यार्थीलाई प्रोत्साहन र हौसला प्रदान गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले विश्वास व्यक्त गरेका छन् । अहिले विकास बोर्ड विद्यालय र कलेजको पाठ्यक्रममा नेपाली चलचित्रलाई समेट्नका लागि प्रयास गरिरहेको छ । नेपालमा केही वर्षयता चलचित्र सम्बन्धि अध्यापन गराउने केही कलेज समेत सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu