‘आँधी तुफान २’ को निर्देशकमा भित्रिए मदन घिमिरे



दशक अगाडिको सुपरहिट चलचित्र ‘आँधी तुफान २’ लाई मदन घिमिरेले निर्देशन गर्ने भएका छन् । बिहीवार राष्ट्रिय चलचित्र दिवस तथा विश्वकर्मा पुजाको अवसरमा निर्माता तथा लेखक मौनता श्रेष्ठले चलचित्रको निर्देशकमा उनलाई अनुबन्ध गरेका हुन् । निर्देशक घिमिरेले यसअघि थुप्रै सुपरहिट चलचित्र दिइसकेका छन् ।

‘आमाको माया’ बाट निर्देशनमा होमिएका घिमिरेले ‘जीवन दाता, मिस्टर डन, फर्ज, भागी भागी नजाउ, फैसला, दादागीरी’ लगायतका चलचित्र निर्देशन गरेका छन् । अब ‘आँधी तुफान २’ को निर्देशकमा अनुबन्धित भएका उनले चलचित्रलाई उत्कृष्ट बनाउन आफूले सकेको मिहेनत गर्ने बताएका छन् ।

बिहीवार चलचित्रको एक गीतको समेत काम भएको छ । संगीतकार विकास चौधरीले तयार पारेका गीतमा चर्चित गायक उदितनारायण झाले आवाज भर्ने निर्माता श्रेष्ठले जानकारी दिए । कोरोनाको महामारी अन्त्य भएपछि छायांकन सुरु हुने चलचित्रका लागि कलाकार भने फाइनल भएका छैनन् ।

सत्य घटनामा आधारित भएर निर्माण हुने बताइएको चलचित्र एक्सन प्रधान हुनेछ । २०६१ सालमा बनेको महेन्द्र बुढाथोकी निर्देशित ‘आँधी तुफान’ मा पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेको मुख्य भूमिका थियो । अहिल यी तीन अभिनेत्री अभिनयमा सक्रिय नभएका कारण निर्माता श्रेष्ठ चलचित्रमा नयाँ अभिनेत्री लिने सोचमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu