पललाई देखेपछि किन बढ्छ सुपुष्पाको धड्कन ? (भिडियो)



गायिका सुप्रिया शर्माको स्वरमा रहेको ‘हिँड्दा हिँड्दै’ बोलको गीत सार्वजनिक भएको छ । अम्बिका शर्माको शब्द रहेको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत छ । विविधतायुक्त गीत लेख्न रुचाउने गीतकार शर्माका प्रेमदेखि राष्ट्रभक्तिसम्म, समसामयिकदेखि सामाजिक चेतनामूलकसम्म सन्देश बोकेका गीत दर्शक तथा स्रोताले निकै रुचाएका छन् ।

सार्वजनिक ‘हिँड्दा हिँड्दै’ गीतमा केटीले एकजना केटालाई मन पराउन थालेको, उनले केटाको हरेक क्रियाकलापलाई फलो गरिरहेको अनि त्यो थाहा पाएपछि केटाले प्रेमभाव देखाएको कुरालाई सहज तरिकाले म्यूजिक भिडियोमा दर्शाइएको छ । निकेश खड्काको निर्देशनमा बनेको यस म्यूजिक भिडियोमा पल शाह र सुपुष्पा भट्टको जीवन्त अभिनय देख्न सकिन्छ ।

गीतकार शर्माको भर्खरै मात्र १६ जना कलाकारको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भइसकेको छ । उक्त देशभक्ति गीत छोटो समयमै भाइरल भइरहेको छ । त्यस्तै, ‘किन आजकाल तिम्रो मन मैलो भो’, ‘तिम्रो मायामा हराउन थालेको धेरै भो’, ‘तिम्रो बाहेक अरु को छ र मैले लिने नाउ’, ‘तिम्रो मायामा’ लगायतका दर्जनौं हिट गीत बजारमा आइसकेका छन् ।

गायिका सुप्रिया शर्माले यसै गीतबाट डेब्यू गरेकी हुन् । विकास धमलाको सम्पादन, बुद्ध थापाको छायांकन तथा सुबोल थापाको कोरियोग्राफिमा निर्माण भएको यस म्यूजिक भिडियोमा पुरुषोत्तम सुवेदीले गीत एरेन्ज गरेका हुन् । यस म्युजिक भिडियोलाई ‘द डिभाइन म्यूजिक’ को अफिसियल यूट्यूव च्यानलबाट शुक्रवार सार्वजनिक गरिएको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu