सेक्स भिडियो खिच्ने केटा नदेखिदा नायिकालाई आपत | भिडियो



divorce-promo
[dropcap]मा[/dropcap]या जालमा परेपछि शारिरिक सम्बन्ध राख्न बाध्य उनको सेक्स टेप उनकै व्यायफ्रेण्डले बनाए। व्यायफ्रेण्ड यतिसम्म चतुर थिए की उनले प्रेमिकाको मात्र अनुहार आउने गरि भिडियो खिचेका थिए। प्रेमिकाले आफ्नो आफ्नो मात्र अनुहार आउने गरि भिडियो किन खिचेको भन्दा प्रेमीले खिच्नेको पनि कहिँ आउँछ त भन्दै टार्दै थिए।

बुधवार ठुलोपर्दा डटकमबाट सार्वजनिक नेपाली चलचित्र ‘डिभोर्स’को १ मिनेट लामो प्रोमोमा परपुरुषसँगको अनैतिक सम्बन्धले निम्त्याएका घटनाक्रमलाई एकपछि अर्को गरि देख्न पाईन्छ। यो चलचित्र चैत्र २१ मा रिलिज हुँदैछ।

यसअघि ‘उर्वशी’ निर्देशन गरेका मनिष पन्थले आफ्नो चौथो चलचित्र स्वरुप ‘डिभोर्स’ निर्देशन गरेका हुन्। श्रीनगर फिल्म्स प्रा.लि.को ब्यानरमा रोहित पुरी र मिन प्रसाद श्रेष्ठले यो चलचित्रलाई बनाएका हुन्। यो चलचित्रमा लेखन तथा छायांकन समेत निर्देशन पन्थकै रहेको छ।
किशोर श्रेष्ठ, आभास अग्रहरी, प्रदिप ढकाल, बिनिता रम्तेल लगाएतका कलाकारहरुको अभिनय रहेको सो चलचित्रमा विशाल हुमागाईँ र कृष्ण भण्डारीको संगीत, सानुकुमार महर्जनको द्वन्द्व, रोशन लामिछानेको सम्पादन तथा किरणराज थापाको कलर करेक्शन रहेको छ।

Watch the promo:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu