‘मुन्नी’ को रुपमा चर्चित प्रियाना



हाँस्य श्रृंखला ‘भद्रगोल’ मा मुन्नीको भूमिका निर्वाह गरेपछि चर्चामा आएकी प्रियाना आचार्य आइतवार आफ्नो जन्मदिन मनाउँदैछन् । उनलाई सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिनेको ओहिरो लागेको छ । ‘भद्रगोल’ कै टिमले अहिले ‘सक्किगोनी’ निर्माण गरिरहेको छ । यसमा पनि प्रियाना मुन्नीकै भूमिकामा छिन् । उनको अभिनय र सुन्दरतालाई दर्शकहरुले रुचाएका छन् ।

प्रियाना थिएटरकी कलाकार हुन् । उनले थुप्रै नाटकमा अभिनय गरेकी छन् । उनलाई कलाकार दीपक आचार्यले ‘भद्रगोल’ मा प्रवेश गराएका थिए । अहिले ‘सक्किगोनी’ मा पनि दर्शकहरुले प्रियानाको अभिनय मन पराएका छन् । सिरियलमा उनलाई मधेसी लवजमा बोल्ने मुन्नीको चरित्रमा देख्न सकिन्छ । यूट्यबमा धेरै दर्शकले मुन्नीमाथि नै केन्द्रित भएर कमेन्ट गर्ने गरेका छन् ।

हाँस्य टेलिसिरियलमा मुन्नीको भूमिकामा दर्शकहरुले अत्याधिक रुचाएपछि अहिले उनलाई चलचित्रबाट समेत अफर हुने गरेको छ । तर, उनी तत्काल चलचित्रमा अभिनय गर्नेमा सोचमा छैनन् । उनले म्यूजिक भिडियो भने बाक्लै रुपमा गरिरहेकी छन् । उनी अभिनीत म्यूजिक भिडियोलाई पनि दर्शकहरुले निकै रुचाएका छन् । अहिले उनको भिडियोमा राम्रो माग छ ।

प्रियाना आचार्य उर्फ मुन्नीलाई ठूलो पर्दा परिवारको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu