‘रेड वाइन’मा पल र साम्राज्ञी
काठमाण्डौ। रमेश एम.के. पौडेलको नयाँ चलचित्र ‘रेड वाइन’ बन्ने भएको छ । यो चलचित्रमा अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले सँगै काम गर्ने भएका छन् । पल र साम्राज्ञीले यस चलचित्रबाट नै पहिलो पटक स्क्रिन शेयर गर्नेछन् ।

यो चलचित्र निर्देशन समेत आँफैले गर्न लागेका पौडेलले यस अघि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गरिसकेका छन् । हाल अमेरिकामा रहेका पौडेलले अमेरिकामा नै सम्पूर्ण छायांकन गरिने बताएका छन् । लभस्टोरी चलचित्र ‘रेड वाइन’ रमेशको पहिलो निर्देशकिय चलचित्र हुनेछ । चलचित्रमा कथा र गीत लेखन पौडेलकै रहने छ ।
पल र साम्राज्ञीको साथमा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्ने इमिली लामाले पनि अभिनय गर्ने बताइएको छ । यस फिल्ममा ब्यवसायि पासांग लामा र आर्यन पौडेलको लगानी रहने छ । सह-निर्माता निरू भण्डारी हुन् ।

आर्यन फिल्मस् प्रोडक्शन प्रा. लि. र बोधी एच.डि. अमेरिकाको ब्यानरमा निर्माण हुने यो चलचित्रको पटकथा तथा संवाद शबिर श्रेष्ठले तयार पारेका हुन् । कोरोनाको अवस्था हेरेर दशैँ र तिहारको बीचमा फ्लोरमा जाने तयारी रहेको बताईएको छ । चलचित्रमा ८८४८ मिडियाको पनि आवद्दता रहने छ ।
तस्विरहरु: बिनोद पोखरेल