विश्वकै सय प्रभावशाली व्यक्तिको सूचीमा परे आयुष्मान



विश्वकै सय प्रभावशाली व्यक्तिको सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना परेका छन् । टाइम्स म्यागजिनले निकालेको सूचीमा कलाकार विधाबाट सन् २०२० का विश्वकै प्रभावशाली सय व्यक्तिमा आयुष्मान परेका हुन् । उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्ना प्रशंसकसँग खुसी साटेका छन् । उनले टाइम्सको सूचीमा आफू पर्नुलाई गर्वको कुरा रहेको बताएका छन् ।

‘टाइम्सले जुन पहिचान मलाई दिलाएको छ, त्यसप्रति कृतज्ञ छु । एक कलाकारको रुपमा मैले चलचित्रको माध्यमबाट केही सकारात्मक पतिवर्तन ल्याउने प्रयास गरेको छु । यो पल मेरो जीवनका लागि निकै महत्त्वपूर्ण छ,’ आयुष्मानले इन्स्टामा अगाडि लेखेका छन्, ‘मलाई लाग्छ कि चलचित्र त्यो तागत हो, जसले कुनै पनि मुद्धालाई उठाएर सही विषयमा बहस पैदा गर्न सक्दछ ।’

त्यस्तै, अभिनेत्री दीपिका पादुकोणले आयुष्मानको तारिफ गर्दै टाइम्स म्यागजिनका लागि लेखेकी छन्, ‘चलचित्र ‘विक्की डोनर’ बाट आयुष्मानले आफ्नो अलग पहिचान बनाएका छन् । उनले यादगार फिल्म र अनौठा किसिमका चरित्रबाट अलग छाप छाडेका छन् ।’ ‘विक्की डोनर’ बाट अभिनेताको रुपमा डेब्यू गरेका आयुष्मानका पछिल्ला चलचित्र सय करोड क्लबमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu