नेकपा नेता पौडेलको ‘मुर्झिएका सपना’ सार्वजनिक (भिडियो)



चर्चित गायक राजेशपायल राईको स्वरमा रहेको ‘मुर्झिएका सपना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको शब्द नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता रमेश पौडेलले लेखेका हुन् । गीतमा शान्तिराम राईको संगीत छ ।

‘मुर्झिएका सपना’ गीतको भिडियोमा गीतकार रमेश पौडेल स्वंयको अभिनय छ भने दर्जन बढी कलाकारले अभिनय गरेका छन् । गीतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राष्ट्रवादी कामहरुको चर्चा गरिएको छ ।

विकेको निर्देशन रहेको भिडियोलाई रामकुमार केसीले खिचेका हुन् । विनोद बामले भिडियो सम्पादन गरेका हुन् । ओली नेतृत्वको सरकारले नक्शा संशोधनलगायतका महत्वपूर्ण निर्णय गरेर आम नेपालीलाई राष्ट्रवादी बन्न प्रेरणा दिएको कुरालाई गीतमा राखिएको छ । यूट्युबमा गीतलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu