आकाशको चलचित्रमा शिव र सौगात



नेपाली चलचित्रका दुई चर्चित अभिनेता शिव श्रेष्ठ र सौगात मल्लले दोस्रो पटक चलचित्रमा एकसाथ काम गर्ने भएका छन् । निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीको नयाँ चलचित्रमा उनीहरुले सँगै काम गर्न लागेका हुन् । यसअघि यी दुईले अभिनय गरेको चलचित्र ‘लप्पन छप्पन २’ प्रदर्शनको पखाईमा छ । यसमा सौगातको पिताको भूमिकामा शिवले अभिनय गरेका छन् ।

आकाश अधिकारीले शिव र सौगातसँग चलचित्रका लागि कागजी सम्झौता गरिसकेका छन् । सस्पेन्स थ्रिलर कथामा निर्माण हुने चलचित्रमा उनीहरुको भूमिका भने खुलाइएको छैन । दि स्काई मुभिजको ब्यानरमा निर्माण हुने चलचित्रमा रविन्द्र झा, सुनिल कटुवाल र निर्देशक अधिकारी स्वयंको पनि अभिनय रहनेछ । तिहार लगत्तै चलचित्रको छायांकन थाल्ने निर्देशक अधिकारीले बताए ।

चलचित्रका लागि नायिकाको भने टुंगो लागेको छैन । नवराज कृष्ण थापाको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, राजनराज सिवाकोटी र शिखर सन्तोषको संगीत, अम्बिका शर्मा र राजनराज सिवाकोटीको रचना रहने चलचित्रको कथा आकाश अधिकारीले लेखेका छन् । नवविजय प्रकाश श्रेष्ठ, विजय उप्रेती र सजल लोप्चनले भने पटकथा तथा संवादमा काम गरिरहेका छन् ।

चलचित्रको क्रियटिभ प्रोड्यूरसमा सम्पदा मल्ल छिन् । चलचित्र ‘कान्छी’ पछि आकाश अधिकारी निर्देशनमा फर्किन लागेका हुन् । उनले चलचित्र ‘काठमाण्डू र क्रोध’ मा मुख्य अभिनेताको रुपमा अभिनय समेत गरेका छन् । दर्शकहरुले आफूलाई स्क्रिन हेर्ने इच्छा व्यक्त गरेका कारण वर्षौंपछि चलचित्रमा अभिनय गर्न लागेको उनले बताए । चलचित्रलाई उत्कृष्ट आफूले कुनै कसर नछाड्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu