घोषणा भएका चलचित्रको छायांकन कहिलेबाट ?



कोरोनाको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेदेखि चलचित्र क्षेत्रमा कुनै प्रकारका गतिविधि भएका छैनन् । संक्रमणको उच्च जोखिममा पर्ने क्षेत्र भएकाले सरकारले चलचित्र निर्माण र प्रदर्शनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । तर, सवारी साधन, हवाई सेवा, होटल, रेस्टुराँले सञ्चालनको अनुमति पाउँदा पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध भने खुलाइएको छैन ।

भीडभाड हुने अन्य क्षेत्र खोलेर चलचित्र क्षेत्रमा प्रतिबन्ध लगाएको भन्दै अहिले चलचित्रकर्मीहरुले सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् । चलचित्र विकास बोर्डसँगै चलचित्र सम्बद्ध संघ संस्थाहरुले चलचित्र क्षेत्र खुलाउन पहल गरे पनि सरकार गम्भीर देखिएको छैन । यो अन्योलका बीच निर्माताहरु भने सरकारले छायांकन अनुमति दिने आशमा चलचित्र घोषणा गरिरहेका छन् ।

लकडाउन भएपछि ७ महिना पूर्ण रुपमा ठप्प रहेको चलचित्र क्षेत्रमा केही दिनयता चहलपहल सुरु भएको छ । गएको सोमवार एक कार्यक्रमका बीच चलचित्र ‘हिँडदा हिँड्दै’ घोषणा भयो । अहिले अन्य निर्माता तथा निर्देशकहरुले पनि सामाजिक सञ्जालबाट नयाँ चलचित्रको घोषणा गरिरहेका छन् । लकडाउनयता मात्र चलचित्र विकास बोर्डमा १८ वटा नयाँ चलचित्र दर्ता भएका छन् ।

‘खलनायक २, कृष्ण लीला, आँधी तुफान २, नाईं नभन्नू ल ६, सत्यम्, हिँडदा हिँड्दै, चिसो मान्छे, रुम नम्बर १०८, झ्यानाकुटी २, आइ एम ट्वान्टिवान’ लगायतका चलचित्र छायांकन अनुमति पाउन साथ फ्लोरमा निस्कनका लागि तम्तयार छन् । त्यस्तै, हेमराज विसी, प्रवेश पौडेल, आकाश अधिकारी, सविर श्रेष्ठ, दिनेश राउत, माधव वाग्ले पनि दशैंपछि चलचित्रको छायांकन थाल्ने सोचमा छन् ।

स्वास्थ्य सुरक्षा अपनाएर चलचित्र निर्माण गर्न निर्माता तथा निर्देशक तयार भए पनि कोरोनाको संक्रमण फैलिने डरले सरकार चलचित्र क्षेत्रलाई सञ्चालनको अनुमति दिन आनाकानी गरिरहेको छ । जसले गर्दा घोषणा भएका दर्जनौं नयाँ चलचित्रको छायांकन अन्योलमा परेका छन् । असोज दोस्रो हप्ताबाट भने सरकार चलचित्र निर्माण र प्रदर्शन खुल्ला गर्ने तयारीमा रहेको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu