‘बाँचे भने आउँला’ गीतमा परदेशीको पीडा (भिडियो)



गायक कृष्ण रेउलेको आवाजमा रहेको दशैँ-तिहार लक्षित गीत ‘बाँचे भने आउँला’ सार्वजनिक भएको छ । गायक रेउलेकै शब्द तथा संगीत रहेको गीतमा परदेशीको पीडालाई समेटिएको छ ।

देवेन्द्र बब्लुले निर्देशन र अभिनय गरेको भिडियोमा मार्मिक र यथार्थपरक भोगाइहरुलाई समेटिएको छ । गीतमा देश प्रेम पनि देखाइएको छ । भिडियोमा दवेन्द्रसँगै हिउँवाला गौतम र एलिना ठकुरीको अभिनय देख्न सकिन्छ ।

अनिलकृष्ण मानन्धरको छायांकन रहेको यस गीतको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । विन्ध्यवासिनी म्युजिक प्रा.लिको यूटयुब च्यानलमा सार्वजनक भएको गीतलाई दर्शकहरुले निकै रुचाएका छन् । कलाकारको अभिनय र गीतको शब्द मनछुने रहेको भन्दै दर्शकले प्रतिक्रिया जनाएका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu