दशैंमा ‘लक्ष्मी पूजा’, ‘जिन्दगी’ गीत सार्वजनिक (भिडियो)
यही दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लक्ष्मी पूजा’ को स्याड भर्सनको गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । माण्डवी त्रिपाठीको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत र एरेन्ज छ । गीतमा अस्मिता जुरेली, जयकिशन बस्नेत, नीर शाहलगायत फिचर्ड छन् ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ । चलचित्रमा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । चलचित्रमा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।
निर्माता शोभितका अनुसार, जाहन्वीको शीर्ष भूमिका रहेको चलचित्रमा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । पारिवारिक प्रेमकथामा निर्मित चलचित्रमा दशैं र तिहारको परिवेश देखाइएको छ । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।
भिडियो :-