छायांकनको तयारीमा ‘परदेशी २’ र ‘ए मेरो हजुर ४’



कोरोनाका कारण छायांकन रोकिएका दुई प्रतिक्षीत चलचित्र ‘परदेशी २’ र ‘ए मेरो हजुर ४’ को छायांकन सुरु गर्ने तयारी थालिएको छ । यही शुक्रवारबाट निर्माता सुनिल कुमार थापाले अनमोल केसी स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को बाँकी छायांकन सुरु गर्दैछन् । त्यस्तै, असोज दोस्रो साताबाट छायांकन थाल्ने गरी ‘परदेशी २’ टिमले मंगलवारबाट वर्कसप सुरु गरेको छ ।

निर्देशक नारायण रायमाझीले असोज १७/१८ गतेबाट छायांकन थाल्ने गरी वर्कसप सुरु गरेको जानकारी दिए । स्वास्थ्य सुरक्षा अपनाएर वर्कसप सुरु गरिएको उनले बताए । चलचित्रको ७० प्रतिशत छायांकन पूरा भइसकेको र अब कथा परिवर्तन गरेर छायांकन गरिने उनको भनाई छ । उनका अनुसार, अहिलेको परिस्थितिलाई समेट्नका लागि कथामा धेरै परिवर्तन गरिएको छ ।

अब चलचित्रको काठमाडौं, पाल्पा र विदेशमा छायांकन हुने निर्देशक रायमाझीले बताए । विदेशमा तत्काल सम्भव नभएकाले पहिला नेपालको छायांकन पूरा गर्ने उनको तयारी छ । रमेश विजीले लेखेको यस चलचित्रलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । चलचित्रलाई यसै वर्षको दशैंमा प्रदर्शनमा ल्याउने तयारीमा गरिएको थियो । तर, कोरोनाले यो सम्भव भएन ।

दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटीलगायतका कलाकारको अभिनय रहने ‘परदेशी २’ मा विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्ष देखाइनेछ । गायक सपुतले यही चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गर्न लागेका हुन् । सुपरहिट चलचित्र ‘परदेशी’ को सिक्वेल भएकाले दर्शकहरु ‘परदेशी २’ को प्रतिक्षा गरेर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu