‘आप्पा’ निर्देशकको ‘हजारौं रहर’ सार्वजनिक (भिडियो)



चलचित्र ‘आप्पा’ बाट निर्देशनमा होमिएका कालिङपोङ निवासी अनमोल गुरुङले यो चलचित्रको ‘साँझ परेपछि’ बोलको गीत आफैंले गाएका थिए । गीतमा शब्द तथा संगीत पनि उनकै छ । गीतमा उनको स्वर, शब्द र संगीतको सांगीतिक क्षेत्रका व्यक्तिहरुले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् । चलचित्र प्रदर्शनपछि कालिङपोङ फर्किएका उनले फेरि अर्को गीत सार्वजनिक गरेका छन् ।

‘हजारौं रहर’ बोलको प्रेमिल गीतमा अनमोलकै स्वर, शब्द तथा संगीत छ । कालिङपोङ क्षेत्रमा खिचिएको भिडियोमा उनी आफैं फिचर छन् । मोडल रीया भुजेल उनको पूर्व प्रेमिकाको रुपमा प्रस्तुत छिन् । भिडियोमा कैद कालिङपोङको सुन्दरताले आँखालाई आनन्द दिन्छ भने जोनह गुरुङको छायांकन पक्ष प्रशंसनीय छ । अनमोलको स्वरसँँगै शब्द तथा संगीतले मन्त्रमुग्ध बनाउँछ ।

यो गीतबाट उनले पुनः एकपटक संगीत सिर्जनामा आफूलाई प्रमाणित गरेका छन् । आफ्नो पृथक स्वरले दर्शकलाई प्रभावित गरेका अनमोललाई मेकिङ पक्षको पनि राम्रो ज्ञान रहेको भिडियो हेर्दा महशुस हुन्छ । यसको निर्देशन उनी आफैंले गरेका हुन् । ‘आप्पा’ मा आफूलाई दृश्य भाषामार्फत् भन्न मन लागेको कुरा इमान्दारपूर्वक देखाएका उनको गायनमा राम्रो भविष्य देखिन्छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu