गृहमन्त्रीप्रति ऋचाको आक्रोश



देशमा दिन प्रतिदिन बलात्कारका घटना बढिरहेको अवस्थामा गृहमन्त्रीले भने बलात्कारको घटना हेर्दा चिन्तित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा ‘विश्व परिवेशमा हेर्दा नेपालमा बलात्कारका घटना चिन्ताजनक नभएको’ भन्दै टिप्पणी गरेपछि यतिबेला सामाजिक सञ्जालमा उनको व्यापक विरोध भएको छ ।

उनले बलात्कार र हिंसाको सन्दर्भमा अन्य देशहरुको अवस्था गर्दा नेपाल धेरै चिन्तित हुनुपर्ने स्थितिमा नभएको र बलात्कारको घटनामा नेपाल ‘सायद टप १५ भित्र’ पर्ने हलुका टिप्पणी गरेका थिए । अभिनेत्री ऋचा शर्माले गृहमन्त्री थापाको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिप्रति आक्रोश पोखेकी छन् । उनले यस्ता व्यक्तिहरुको नाम याद राखेर इतिहासमा लेखाजोखा हुने बताएकी छन् ।

उनले फेसबुकमा विभिन्न राजनीतिज्ञले बलात्कारका घटनाको बारेमा दिएको अभिव्यक्तिलाई बुद्धागत रुपमा लेखेकी छन्, ‘१. यस्तो बेला बलात्कार भैरहन्छ – भुकम्पपछि गृहमन्त्री बामदेव गौतम । २. बलात्कार पुँजिवादीले गराएको हो – निर्मला हत्याकाण्डपछि गृहमन्त्री रामबहादुर थापा । ३. बलात्कार भनिएको केसमा ९० प्रतिशत महिलाले इन्जोय गर्छन् – मा. रामनारायण बिडारी । ४. दिनमा ७ जति मात्रै बलात्कार, चिन्ता लिनुपर्ने अवस्था होइन – गृहमन्त्री रामबहादुर थापा ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu