‘मुन्द्रेको कमेडी क्लब’ को अध्यक्षमा करिश्मा



कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि बन्द भएको ‘मुन्द्रेको कमेडी क्लब’ अब सञ्चालनमा आउने भएको छ । जीतु नेपालले सञ्चालन गर्ने यो शो केही दिनमा नेपाल टेलिभिजनबाट प्रशारण हुँदैछ । स्वास्थ्य सुरक्षा अपनाएर शोलाई फेरि सञ्चालनमा ल्याउन लागिएको कलाकार नेपालले जानकारी दिए । शोको ४ भागको छायांकन पूरा भइसकेको छ ।

पहिलो सिजनमा कमेडी क्लबको अध्यक्षमा दीपाश्री निरौला थिइन् । तर, दोस्रो सिजनमा उनको ठाउँमा अभिनेत्री करिश्मा मानन्धरले प्रवेश भएको छ । करिश्माले ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिजनमा आफूले अध्यक्षता ग्रहण गरेको बताएकी छन् । जीतु नेपालको आग्रहमा आफू शोमा आबद्ध भएको उनको भनाई छ । उनले यो भूमिका आफ्नो लागि नौलो रहेको बताएकी छन् ।

निर्देशक तथा कलाकार दीपाश्रीले भने घुमाउरो शैलीमा ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिरिजमा आफू नरहने बताएकी छन् । आइतवार सामाजिक सञ्जाल फेसबुकमा उनले पहिलो सिरिजमा अध्यक्षमा चुनेर रमाइलो कुर्सीमा बस्ने अवसर दिएकोमा जीतु नेपाललाई धन्यवाद दिएकी छन् । उनले निकट भविष्यमा केही फरक कार्यक्रमका साथ टेलिभिजनमा फर्किने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu