मेलिनाका लागि धड्किने आकाशको धड्कन (भिडियो)



विनय कार्की र प्रविशा अधिकारीको स्वरमा रहेको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत र निर्देशन रोजल थापाको रहेको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको अभिनय छ । भिडियोमा छायांकन बिरेन्द्र भट्ट, सम्पादन अनिल राना र कोरियोग्राफी रोहित बस्नेतले गरेको छन् ।

गायक, संगीतकार र एरेन्जरको रुपमा आफूलाई स्थापित गराएका विनय ‘द भ्वाइस अफ नेपाल २’ का उत्कृष्ट प्रतियोगी पनि हुन् । विनय भ्वाइसमा जानुभन्दा पहिलैदेखि व्यस्त संगीतककर्मी हुन् । भ्वाइसले उनलाई थप उचाई दिएको छ । ‘तिम्रै लागि’ बोलको गीत दर्शकलाई मन पर्नेमा उनी विश्वस्त छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu