एलिनाको ‘बनचरी’ गीतमा चेलीको बेदना (भिडियो)



अहिलेकी चर्चित गायिका एलिना चौहानको आवाजमा रहेको ‘बनचरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा भूमिका सुब्बाको शब्द रचना रहेको छ भने साजन राईको संगीत छ ।
माइती र चेलीको सम्बन्धमा आधारित गीतले नेपालीहरूको महान चाड दशैं र तिहारको झल्को दिन्छ ।

गीतको भिडियोमा अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको छ । भिडियोलाई किरण चाम्लिङले निर्देशन गरेका हुन् । गीतको भिडियोमा आफूलाई जन्म दिने आमा बुवा र आफू हुर्केको ठाउँलाई छाडेर पराइ घर जानुपर्दाको पीडा र सम्झना मार्मिक भावमा प्रस्तुत गरिएको छ ।

चाडबाड आउँदा आउने याद र टाढा हुनुको पीडा म्युजिक भिडियोमा महशुस गर्न सकिने निर्देशक चाम्लिङ बताउँछन् । गीतले आमा छोरीको सबन्धलाई पनि सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । गीतलाई बिजु कर्माचार्यले एरेन्ज गरेका हुन् भने रोबर्ट लिम्बु सुब्बाले रेकर्ड गरेका छन् । अनिल रानाले सम्पादन गरेको भिडियो भुपेन्द्र तुबहाम्फेले खिचेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu