मिलन र राजनराजको ‘ताल्चा लगाउ’ सार्वजनिक (भिडियो)



गायिका मिलन नेवार र राजनराज सिवाकोटीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार उनीहरुको स्वरबद्ध ‘ताल्चा लगाउ’ बोलको गीत सार्वजनिक भएको हो । उक्त गीतमा पछिल्लो समय चर्चाको शिखरमा रहेका राजनराजकै शब्द तथा संगीत रहेको छ ।

मिलन नेवार आफैंमा स्थापित गायिका हुन् भने राजनराज पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रलाई एकपछि अर्को हिट गीत दिएका सर्जक हुन् । यी दुईको स्वर तथा शब्द संगीतमा बनेको ‘ताल्चा लगाउ’ ले पनि सांगीतिक बजारमा चर्चा पाउने अपेक्षा गरिएको छ ।

राजेश पुमा राईको निर्देशन रहेको ‘ताल्चा लगाउ’ को भिडियोमा गायिका मिलन, गायक राजनराज र दिनेश काफ्लेलाई फिचरिङ गरिएको छ । दिक्षित पौडेलको एरेन्ज रहेको उक्त गीतको नृत्य निर्देशन भने सुमन नेवारले गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu