दर्शकले रुचाए पल, पूजा र आकाशको ‘काले केटा २’ (भिडियो)



गायिका दुर्गा खरेल र गायक प्रताप दासको आवाज रहेको ‘काले केटा २’ बोलको गीतलाई दर्शकहरुले निकै रुचाएका छन् । आइतवार यूट्युबमा सार्वजनिक भएको गीतलाई दुई दिनमा साढे ६ लाखभन्दा बढी पटक हेरिसकिएको छ । अहिले यो गीत यूट्युबको ट्रेन्डिङ नम्बर ५ मा छ ।

गीतमा धु्रवप्रसाद अमगाँइको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । सार्वजनिक हुनुअघि नै चर्चामा रहेको यो गीतको भिडियोमा अभिनेता पल शाह, आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको अभिनय छ । उनीहरुले पहिलो पटक एकसाथ म्यूजिक भिडियोमा काम गरेका हुन् ।

डान्सिङ शैलीमा तयार पारिएको गीतको भिडियोको विधान कार्कीले निर्देशन गरेको छन् । उनी अहिलेका व्यस्त निर्देशक हुन् । उनले निर्देशन गरेका पछिल्ला सबै गीतले लोकप्रियता हासिल गरेका छन् । उत्सव दाहालको छायांकन रहेको गीतको सम्पादन विकास दाहालले गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu