भोकाहरुलाई खाना बाँड्दै पूजा



कोरोनाका कारण बन्द भएका विभिन्न क्षेत्रलाई सरकारले सञ्चालनको अनुमति दिएको छ । तर, सञ्चालनमा आएका क्षेत्रमा कामदारको संख्यामा कटौती गरिएको छ । जसले गर्दा हजारौं श्रमिकको रोजीरोटी गुमेको छ । रोजगारी गुम्दा श्रमिकलाई हातमुख जोर्न समेत समस्या भएको छ । अहिले भोकले आक्रान्त भएर खाना खोज्नेहरु काठमाडौंका सडकमा अनगिन्ती भेटिन्छन् ।

रोजगारी गुमेर समस्यामा परेकालाई काठमाडौंका विभिन्न स्थानमा विभिन्न संघ-संस्थाहरुले निःशुल्क खाना वितरण गरिरहेका छन् । यो कार्यमा नेपाली कलाकारहरुले पनि साथ दिएका छन् । यसबीच, अभिनेत्री पूजा शर्माले सोमवार साँझ अप्ठ्यारोमा परेकाहरुलाई खाना वितरण गरेकी छन् । साझा पार्टीको तातो भात अभियानमा सहभागिता जनाउँदै उनले भोकाहरुलाई खाना बाँडेकी हुन् ।

पूजाले आफ्नो आधिकारिक इन्स्टाग्राम स्टोरीमा खाना बाँडिरहेको तस्विरहरु शेयर गरेकी छन् । उनले कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुलाई खाना बाँड्न पाएकोमा खुसी व्यक्त गरेकी छन् । उनले सोमवार साँझ लगनखेलको सडकमा आफ्नै खर्चमा भोकाहरुलाई खाना बाँडेकी हुन् । उनले यसअघि चलचित्र प्राविधिकहरुलाई २ लाख बराबरको खाद्यन्न सहयोग गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu