अलिसालाई डिमोन भन्दैछन्, ‘कोलम्बसकी कान्छी’ (भिडियो)



लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय उजुकेसन एन्ड माइग्रेसन कर्नरले आफ्नो सहभागिता नेपाली चलचित्र र गीत-संगीत क्षेत्रमा पनि जनाउँदै लगेको छ । यसबीच, यो संस्थाको प्रस्तुति र सुनील उप्रेतीको निर्माणमा ‘कोलम्बसकी कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतलाई ओम सुनारले गाएका हुन् भने संगीत पनि उनकै छ । गीतको रचना तारा फुयाँलले गरेका हुन् । ‘नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियालगायतका मुलुकमा जान हामीले पुलको काम गर्दै आइरहेका छौं । अब नेपाली मनोरञ्जन क्षेत्रमा पनि जोडिने जमर्कोका साथ हामी लागि परेका हौं,’ सुनील उप्रेतीले भने ।

मौसम हिमालीको निर्देशन रहेको यो भिडियोमा चर्चित नृत्यांगना तथा अभिनेत्री अलिशा शर्मा र टिकटक सेलिब्रिटी डिमोन क्षेत्रीले अभिनय गरेका छन् । यो भिडियो नेप आर्ट डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोको सम्पादन र छायांकन दिपेन बस्न्यातले गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu