राज सिग्देलको स्वरमा ‘सोच तिम्रो’ सार्वजनिक (भिडियो)



गायक राज सिग्देलको स्वरमा रहेको ‘सोच तिम्रो’ बोलको गीत सार्वजनिक गरिएको छ । नेपाली गीत-संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक सिग्देलको यो गीत केही दिनअघि ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा लामो समयदेखि सक्रिय गीतकार पदम विश्वकर्माको शब्द छ । गीतकार पदमले लामो समयदेखि अमेरिकामै रहँदै विभिन्न गीतमा शब्द भर्दै आएका छन् । उनले लेखेका गीत नेपाली गीतसंगीतको बजारमा छरिएका छन् । पदमले यस गीतलाई दर्शक तथा श्रोताले मन पराउनेमा विश्वास लिएका छन् ।

यस्तै, गीतमा राम कार्कीको संगीत छ । संगीतकार रामले आफ्नो जीवनमा धेरै गीतमा संगीत भरेको र तीमध्ये मनले राम्रो भनेको लिष्टमा यो गीत पनि पर्ने बताएका छन् । गीतको भिडियोमा दीपक आचार्य र इष्टु कार्कीको अभिनय छ । यस्तै, मुना सिलवाल र प्रसन पोखरेललाई पनि देख्न सकिन्छ ।

कलाकार दीपक आचार्यले नेपालको लोकप्रिय हाँस्य टेलिशृंखला ‘सक्कीगोनी’ का कलाकार समेत हुन् । यस्तै, इस्टु अर्को लोकप्रिय हाँस्य टेलिशृंखला ‘हल्का रमाइलो’ का कलाकार हुन् । सुरेश थापाले निर्देशन गरेको भिडियो सागर गौतमले खिचेका छन् । भिडियो अभिनायक सेरचनले सम्पादन गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu