अनार चामलमा केकीलाई प्रकाशको साथ



विगत तीन बर्षदेखि ‘अनार’ ब्राण्डको चामलको ब्राण्ड एम्बास्डर रहेकी नायिका केकी अधिकारीलाई साथ दिन गायक प्रकाश सपुत पुगेका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त ब्राण्डको एम्बास्डरमा प्रकाशलाई पनि थपिएको घोषणा गरिएको छ । अब केकी र प्रकाशले एक वर्षसम्म ‘अनार चामल’ को विज्ञापनदेखि विभिन्न कार्यक्रममा सहभागिता जनाउनु पर्नेछ ।

केकीले चामल मानिसको जीवनमा पहिलो प्राथमिकतामा पर्ने भएकाले राम्रो चामलको प्रयोग गर्न सुझाव दिएकी छन् । ‘अनार चामल’ प्रयोग गरेपछि ब्रान्ड एम्बास्डरमा नियुक्त भएको बताउँदै उनले भनिन्, ‘फुडमा सही निर्णय लिनु पर्छ । हामीले जीवनलाई अगाडि बढाउने भन्ने फुडले निर्भर गर्छ ।’ उनले ब्रान्डसँग जोडिँदा कलाकारलाई आर्थिक रुपमा ठूलो सहयोग पुग्ने पनि बताएकी छन् ।

एक दर्जन बढी ब्रान्डको ब्रान्ड एम्बास्डर भइसकेकी उनले नेपालको मार्केट अनुसार ब्रान्डमा जोडिए बापत पाउने पारिश्रमिक लोभलाग्दो रहेको बताइन् । शान्भी इन्टरनेशनल ग्रुपका अध्यक्ष भरत चलाउनेले केकी र प्रकाश जस्ता चर्चित कलाकारको साथले एक वर्षमा ‘अनार चामल’ हरेक नेपालीको भान्सामा पाक्ने विश्वास व्यक्त गरे । यो चामलको बजार व्यवस्थापन भने गायिका अनिता चलाउनेले जिम्मा लिएकी छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu