‘एउटा यस्तो प्रेम कहानी’को दोश्रो टिजर रिलिज (भिडियो)
काठमाण्डौ। अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को दोश्रो टिजर रिलिज भएको छ । यस अघि दुई बर्ष अगाडी पहिलो टिजर रिलीज भएको थियो ।
२०७४ चैत्र ३० गते मुहुर्त भएको यो चलचित्र लामो समयपछि प्रदर्शनको लागि तयार भएको छ । निर्देशक दिपेश सापकोटाका अनुसार यो चलचित्र चलचित्र हलहरु खुल्नासाथै रिलीज गरिने छ ।

शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिस्मा मानन्धरकी छोरी कबिता मानन्धरको डेब्यु चलचित्र रहेकोले पनि यो चलचित्रको चर्चा हुने गरेको छ । चलचित्रमा कबिता, शक्ति र शिव श्रेष्ठको साथमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, संजोग कोईराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगाएको अभिनय छ ।
दोश्रो टिजरमा प्रेम र संवेदनालाई सम्बोधन गर्ने दृश्य समेटिएका छन् । फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माताहरु यसोधा राई र दिनेश दर्शनधारी हुन भने सह निर्माता खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर हुन् ।
टिजर: