‘भाँडाकुटी’ मा मुकुन र बेनिशाको जोडी



चलचित्र ‘भाँडाकुटी’ को औपचारिक निर्माण घोषणा गरिएको छ । शनिवार लाजिम्पाटस्थित सम्पदा होटलमा सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धि सावधानी अपनाएर चलचित्रको घोषणा गरिएको हो । फागुनबाट छायांकन सुरु हुने चलचित्रलाई किरण विकले निर्देशन गर्दैछन् । चलचित्रमा मुकुन भुषाल, बेनिशा हमाल, महावीर विश्वकर्मा, रिजेन थापा, शेखर सुवेदीलगायतको अभिनय रहनेछ ।

२०७८ सालको सुरुवातमा प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रले चारवटा कथा भन्नेछ । ती चारवटै कथा विवाह सम्बन्धि रहेको निर्देशक विकले बताए । स्क्रिप्ट लेखनमा उनलाई आचार्य गोपालले सघाएका छन् । बुटवललाई पुष्ठभूमिमा राखेर खिचिने चलचित्रमा राजकुमार दर्जीको कोरियोग्राफी रहनेछ । अष्ट्रेलियामा बस्दै आएका कलम खड्काले चलचित्रको निर्माण गर्न लागेका हुन् ।

‘बुलबुल’ मा चोपेन्द्रको भूमिकामा गरेको अभिनयपछि चर्चामा आएका मुकुन भुषालले ‘भाँडाकुटी’ ले बाल्यकालको याद ताजा गर्ने बताए । आफ्नो भूमिका, स्क्रिप्ट र टिम राम्रो लागेका कारण काम गर्न राजी भएको उनको भनाई छ । त्यस्तै, अभिनेत्री बेनिशाले स्क्रिप्टले आफूलाई आकर्षित गरेको बताइन् । उनले चलचित्र ‘घर’ रिलिज एक वर्षपछि नयाँ चलचित्रमा काम गर्न लागेकी हुन् ।

चलचित्रलाई शुभकामना दिँदै चलचित्र पत्रकार संघका उपाध्यक्ष जिवन कुमार पराजुलीले अब स्वास्थ्य सुरक्षा सम्बन्धि सावधानी अपनाएर चलचित्र क्षेत्रलाई चलायमान बनाउनु पर्ने बताए । सात महिनादेखि चलचित्र क्षेत्र ठप्प रहेको अवस्थामा चलचित्र घोषणा गर्ने आँट गरेकोमा निर्माण टिमलाई धन्यवाद व्यक्त गर्दै उनले नाम जस्तै चलचित्रलाई भाँडाकुटीको रुपमा निर्माण नगर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu